Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ अघि बढिरहेको उपप्रधानमन्त्री सिंहको दाबी

नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ अघि बढिरहेको उपप्रधानमन्त्री सिंहको दाबी

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत् खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।

उनले राष्ट्र बैंकलगायत विभिन्न स्रोतका तथ्यांकहरूले अर्थतन्त्र बिस्तारै सुधारको क्रममा रहेको स्पष्ट पारे ।

उनले कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय भूमिका खेलिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077