Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बोर्डले भन्यो : कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ, हल्लाका पछाडि नलागौँ

बोर्डले भन्यो : कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ, हल्लाका पछाडि नलागौँ

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

बोर्डले परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा लोगो प्रयोग गरी प्रचार भएकोमा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरेको हो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077