काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले उत्कृष्ट नभएको टिप्पणी गरेका छन् ।
संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ ।’