Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वअर्थमन्त्री महतको दाबी - नीति तथा कार्यक्रम समग्रमा राम्रो छ

पूर्वअर्थमन्त्री महतको दाबी - नीति तथा कार्यक्रम समग्रमा राम्रो छ

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘नीति तथा कार्यक्रम परम्परागतभन्दा एक चरण अगाडि बढ्नुपर्थ्यो, त्यसमा केही कमी छ, तर समग्रमा राम्रो छ ।’

डा. महतले थपे, ‘नीति तथा कार्यक्रमको सफलता कार्यान्वयनमा निर्भर हुन्छ । बजेटले कस्तो मार्गनिर्देशन गर्छ, त्यसमा भर पर्छ। विगतमा घोषणा गरिएका कार्यक्रम पूरा नभएको कुरा बुझ्न जरुरी छ। त्यसका लागि ठूलो परिवर्तन आवश्यक छ।’

कृषि क्षेत्रमा उत्पादनका आधारमा सहयोग गर्ने विषयलाई बजेटले प्रभावकारी रूपमा समेट्नुपर्ने उनले बताए ।

शिक्षामा सुधारका लागि विद्यालय गाभ्ने, शिक्षकको सुविधा बढाउने जस्ता कदम सरकारले चालेको भन्दै उनले अन्य क्षेत्रको रकम नघटाई शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने सुझाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077