Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेकपा एसलाई राष्ट्रिय दल बनाउन नसकेका माधवको दाबी - हामीसँग जनताको मतको कमी छैन

नेकपा एसलाई राष्ट्रिय दल बनाउन नसकेका माधवको दाबी - हामीसँग जनताको मतको कमी छैन

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

गएको निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय दल बन्ने उनले जिकिर गरे । उनले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आबद्ध, एनजीओ, आईएनजीओमा संलग्न व्यक्तिहरूको साथ रहेको दाबी गरे ।

हालै पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनै ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको उनले बताए । पार्टीका कार्यक्रममा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077