काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।