Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रेम आले भन्छन्– पोखरा विमानस्थलको १४ अर्बको ठेक्कालाई २२ अर्ब पुर्‍याइनु भ्रष्टाचार होइन ?

प्रेम आले भन्छन्– पोखरा विमानस्थलको १४ अर्बको ठेक्कालाई २२ अर्ब पुर्‍याइनु भ्रष्टाचार होइन ?

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेम आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारका विषयमा सार्वजनिक लेखा समितिले प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै ल्याएको प्रतिवेदनबारे केही नेताहरूले भ्रष्टाचारीको पक्षपोषण गर्ने गरी समितिले प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

प्रतिवेदनमाथि नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल सभापति रहेको सार्वजनिक लेखा समितिले नै अविश्वास गरेको भन्दै आलेले आपत्ति जनाए ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले १४ अर्ब रुपैयाँको पोखरा विमानस्थल निर्माणको ठेक्का सार्वजनिक खरिद ऐनविपरीत २२ अर्बसम्म पुर्‍याएर भ्रष्टाचार गरिएको दाबी गरे ।

उनले भने, ‘कतिपय सञ्चारमाध्यममा समितिकै साथीहरूले भ्रष्टाचारीको पक्षपोषण गरेका छन् । त्यो कुराको पनि विचार गर्नुपर्यो नि माननीय सभापतिज्यू । हामीले ९ महिनासम्म मिहिनेत गरेर प्रतवेदन बनाएका छौँ । म भन्न चाहन्छु १४ अर्बको ठेक्कालाई सिधै २२ अर्ब पुयार्‍इएको छ । ८ अर्ब भ्रष्टाचार भयो कि भएन ? यो निर्णय सार्वजनिक खरिद ऐनविपरीत भयो कि भएन ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077