Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दुर्गा प्रसाईलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश

दुर्गा प्रसाईलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । हिरासतमा रहेका दुर्गा प्रसाईलाई उपचारको प्रबन्ध मिलाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले काठमाडौं प्रहरीको हिरासतमा रहेका प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको हो ।

प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै निवेदन दिएका थिए। त्यही निवेदनको सुनुवाइ गर्दै अदालतले प्रबन्ध मिलाउन आदेश दिएको हो ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाई आसामबाट पक्राउ परेका थिए । यद्यपि प्रहरीले उनले झापाबाट पक्राउ गरेको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077