Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मलाई तेस्रो कार्यकाल राष्ट्रपति बन्ने रहर छैन : डोनाल्ड ट्रम्प

मलाई तेस्रो कार्यकाल राष्ट्रपति बन्ने रहर छैन : डोनाल्ड ट्रम्प

सोमवार , बैशाख २२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको तेस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्न खोजेको भन्ने कुरा असत्य भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आइतबार प्रसारण भएको एनबीसीको मिट द प्रेस कार्यक्रममा यस्तो बताएका हुन् ।

“म आठ वर्ष राष्ट्रपति पदमा रहनेछु । म दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुनेछु । मैले यो धेरै महत्वपूर्ण मानेको थिएँ,” उनले भने ।

यसअघि ७८ वर्षीय ट्रम्पले तेस्रो वा चौथो कार्यकालका लागि राष्ट्रपति हुनेबारेमा प्रश्न गर्दा म ठट्टा गरिरहेको छैन भनेका थिए । पछि उनले यी कुराहरू संचारमाध्यलमले ट्रोल गर्ने उद्देश्यले बाहिर ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077