काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषा बोल्दा दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
महानगरको शिक्षा विभागले सोमबार सूचनामा जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
केही विद्यालयले अंग्रेजी माध्यमको शिक्षणबाहेक अन्य क्रियाकलापमा पनि नेपाली भाषा प्रयोगमा रोक लगाएर विद्यार्थीलाई दण्डित गरेको गुनासो प्राप्त भएपछि महानगरले यो कदम चालेको जनाइएको छ । यस्तो कार्य गर्ने विद्यालयहरूलाई तत्काल यस्ता अभ्यास बन्द गर्न भनिएको छ।
यसअघि पनि यस्ता गुनासाहरू प्राप्त हुन गरेकोमा महानगरले विद्यालयहरूलाई सचेत गराउँदै आएको थियो ।