Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रियो, शिक्षा अधिकृत ओझाको मृत्यु

गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रियो, शिक्षा अधिकृत ओझाको मृत्यु

मंगलवार , बैशाख २३, २०८२

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत केशवराज ओझाको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ ।

सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो ।

लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्यूँमा लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077