Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालाजुमा कुमारी बैंक एटिएम तोडफोड गरेको आरोपमा ठकुरी पक्राउ

बालाजुमा कुमारी बैंक एटिएम तोडफोड गरेको आरोपमा ठकुरी पक्राउ

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । काठमाडौंको बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मध्यराति साढे १२ बजे कुमारी बैंकको एटिएम तोडफोड गर्ने ठकुरीलाई काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट पक्राउ गरिएको हो ।

ठकुरीले सिमेन्टको ब्लक प्रयोग गरी एटिएम फुटाएका थिए । उनले मापसे समेत गरेको खुलेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077