काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पौडेलले यस्तो बताएका हुन् ।
उनले अर्थ मन्त्रालयले अगामी आर्थिक वर्षको बजेट लक गरिसकेको भन्दै नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताए ।
नीति तथा कार्यक्रममा आएका जनताका सरोकारका सुझावहरू अब बजेटमा समेटिने अवस्था न्यून रहेको उनको भनाइ छ ।