काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेका छन् ।
स्रोतका अनुसार खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन् ।
प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो ।
उनको टाउको र निधारमा चोट लागेको बताइएको छ । उनको अवस्था सामान्य रहेको स्रोत बताउँछ ।