काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सामान्य चोट लागेको छ ।
उनको सचिवालयले गएराति शौचालयमा चिप्लिएर प्रचण्डलाई सामान्य बाहिरी चोट लागेको स्पष्ट पारेको हो ।
सचिवालय सदस्य गंगा दाहालले सामाजिक सञ्जालमार्फत शौचालयमा लडेपछि नजिकैको मेडिसिटी अस्पतालमा सामान्य जाँचपछि प्रचण्ड घर फर्किसकेको जानकारी दिइन् ।
उनका अनुसार प्रचण्ड नियमित काममा फर्किसकेका छन् ।
'गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य जाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद,' उनले लेखेकी छन् ।