Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रतिपक्षी दलहरूले हल्ला गरे जस्तो गठबन्धनमा समस्या छैन् : कृष्णप्रसाद सिटौला

प्रतिपक्षी दलहरूले हल्ला गरे जस्तो गठबन्धनमा समस्या छैन् : कृष्णप्रसाद सिटौला

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले प्रचण्डले कांग्रेसलाई धोका दिएको बताएका छन् ।

बुधबार नेपाली काँग्रेस रामेछाप नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार निर्माण भएको बताए ।

नेपाली काँग्रेसले पूर्णरुपमा समर्थन गरेर वर्तमान सरकार निर्माण भएकोले काँग्रेसबाट विश्वासघात नहुने सिटौलाको भनाई छ ।

आगामी निर्वाचनसम्म नेपाली काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार नै गठबन्धन कायम रहने उनले बताए ।

प्रतिपक्षी दलहरूले हल्ला गरे जस्तो गठबन्धनमा समस्या नभएको सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077