Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भ्रष्टाचारीले विदेशमा लुकाएको पैसा फिर्ता ल्याउन सरकारले सहयोग नगरेको प्रमुख आयुक्त राईको गुनासो

भ्रष्टाचारीले विदेशमा लुकाएको पैसा फिर्ता ल्याउन सरकारले सहयोग नगरेको प्रमुख आयुक्त राईको गुनासो

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पती फिर्ताका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो आग्रह गरेका हुन् ।

उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गर्दै उनले सांसदहरूलाई सहयोग गर्न आग्रह गरे ।

भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल ल्याउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको उनको आरोप छ ।

साथै प्रमुख आयुक्त राईले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गरे । आफूले कार्यकाल सम्हालेपछि कुनैपनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनि दबाब नआएको उनको भनाई छ ।

भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077