काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक डाकेका छन् ।
शुक्रबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
गभर्नर नियुक्ति लगायतका विषयमा सरकारले निर्णय लिन नसकिरहेका बेला कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
मंगलबार मात्रै एक कार्यक्रममा सभापति देउवाले गभर्नर नियुक्तिमा वर्तमान गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका थिए । सत्तारुढ गठबन्धनमा डा. गुणाकर भट्टलाई गभर्नर बनाउने यस अघि नै सहमति भइसकेको थियो ।
तर नबिल बैंकका पूर्व सिइओ ज्ञानेन्द्र ढंगानाले आफू गभर्नर बन्न अत्यधिक चलखेल गरिरहेको आरोप लागेको छ । गभर्नरको उम्मेदवार बन्नका लागि उनले नबिल बैकको सिइओबाट समेत राजीनामा दिएका थिए ।