कास्की । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखरा १६ ढिकिडाँडाबाट पक्राउ गरिएको हो । उनीमाथि महानगरमा कार्यरत कर्मचारी र व्यापारी कुटेको आरोप छ ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ । उनले मंगलबार सातौं तहका अधिकृत इश्वरीप्रसाद पोखरेल र व्यापारी लेखनाथ सुवेदीमाथि हातपात गरेका थिए ।
कर्मचारीमाथि भएको हातपात भएको भन्दै स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन्।