Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

दुईवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

दुईवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । संघीय संसदका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

आज विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, दिउँसो १ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077