Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

तीनकुनेमा तीन सवारी आपसमा ठोक्किए : एक जनाको मृत्यु, तीन घाइते

तीनकुनेमा तीन सवारी आपसमा ठोक्किए : एक जनाको मृत्यु, तीन घाइते

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । तीनकुनेमा तीन वटा सवारीसाधन एक आपसमा ठोक्किका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन् । उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए ।

बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरुमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । घाइते चालकको ट्रमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077