Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

आज आन्दोलनको घोषणा गर्दै राजावादी

आज आन्दोलनको घोषणा गर्दै राजावादी

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आज आन्दोलनको घोषणा गर्दैछ ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे आन्दोलनको घोषणा हुन लागेको हो ।

घोषणासभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (वीपी) का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत हिन्दूवादीलगायत ५० बढी संघसंस्थाको सहभागिता रहने छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राजावादी दल तथा विभिन्न संघसंगठनले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077