काठमाडौं । नेकपा मोओवादी केन्द्रका नेता तथा सांसद लेखनाथ दाहालले भारत र पाकिस्तानबीचको उत्पन्न विवाद बारे सरकारको आधिकारिक धारणा मागेका छन् ।
उनले आज संसद्मा बोल्दै यस्तो धारणा माग गरेका हुन् ।
उनले भने, ‘पछिल्लो समय भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु’
पछिल्लो समय जम्मू कश्मिरमा भारत र पाकिस्तानबीच द्वन्द्व उत्पन्न भएको छ ।
२२ अप्रिलमा जम्मू कश्मिरस्थित पहलगाममा भएको आतंकी हमलामा एक नेपाली सहित २६ जना मारिएका थिए ।