Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ : गृहमन्त्री लेखक

अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ : गृहमन्त्री लेखक

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

पीडितलाई केन्द्रविन्दुमा राखेर मात्र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याइने उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा लेखकले संक्रमणकालीन न्यायको विषय गम्भीर र अत्यन्तै महत्वपूर्ण भएको बताए । यसअघि, कानुनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुनसकेको थिएन ।

उनले भने – अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ ।’

यौनजन्य हिंसाका पीडित धेरै रहेको चर्चा गर्दै उनले बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप हुन नसक्ने स्पष्ट पारे । सरकार पूर्ण रूपमा पीडितलाई न्याय दिने विषयमा केन्द्रित रहेको भन्दै उनले अब यो विषयमा ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077