काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रिया छानबिनको माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
मोदीले उक्त ठेक्का मिलेमतोमा गरिएको र सार्वजनिक खरिद नियमावलीविपरीत भएको सुनिएको भन्दै छानबिनको माग गरे ।
उनले भने, “सम्बन्धित मन्त्रालयको मन्त्रीसहित मिलेमतोको कुरा उठेकाले यसको छानबिन गनुपर्छ, सत्यतथ्य जानकारी गराउनुपर्छ ।”
जगदुल्ला हाइड्रोपावरको ठेक्का प्रक्रिया विवादमा छन् । ठेक्का प्रक्रियाविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।