Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारले दियो चित्रलेखालाई न्यूजिल्यान्ड र नेत्रप्रसादलाई ब्रुनाईको राजदूतको जिम्मेवारी

सरकारले दियो चित्रलेखालाई न्यूजिल्यान्ड र नेत्रप्रसादलाई ब्रुनाईको राजदूतको जिम्मेवारी

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादवलाई न्यूजिल्यान्डका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राजदूत यादवलाई न्यूजिल्यान्डका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

उनीसँगै राष्ट्रपति पौडेलले मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077