काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन नटुंगिने बताएका छन् ।
उनले जेठ १५ गतेबाट हुन् लागेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सुवेदीले आगामी बाट देशभर जनआन्दोलन सुरु गर्ने घोषणा गरिएको छ ।
साथै, उनले आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने जानकारी गराए ।