काठमाडौं । राजसंस्था पुनर्स्थापना संयक्त जनआन्दोलन समितिले वडा तहसम्म सङ्गठन विस्तारको नीति लिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समिति संयोजक नवराज सुवेदीले सङ्गठन वडा तहसम्म विस्तार गर्ने जानकारी गराएका हुन् ।
उनले वडा तहसम्म विस्तारित समितिले जनआन्दोलनमा सहयोग गर्ने बताए । समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ।
अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन् ।
जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ। यस्तै हिन्दुराष्ट्रको पुनर्स्थापना, दुई तहको सरकार हुनुपर्ने राजावादी समूहको भनाइ छ।