काठमाडौं ।नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसन सिंगो राष्ट्रकै समस्या बन्न पुगेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘एकले अर्कालाई आरोप–प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबैको साझा रोग हो ।’
यो समस्या समाधान गर्न सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ ।
उनले सत्ता र प्रतिपक्षी दलले एकअर्कालाई आरोप लगाएर मात्र यो समस्या परास्त गर्न नसकिने भन्दै सबैले आत्मसाथ गर्नु पर्ने धारणा राखे ।