Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जनताले योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेका छन् : सुहाङ नेम्वाङ

जनताले योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेका छन् : सुहाङ नेम्वाङ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताले विकासको महसुस गर्नसक्नेगरी काम गर्नु पर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले योजनाको चर्चामात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको बताएका हुन् ।

उनले भने, ‘जनताले अब सुन्ने होइन । अनुभव गर्ने विकास खोजेका छन् । योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेका छन् । ’

जनतामा साधरणजस्तो देखिन विभिन्न आकांक्षाहरू पनि अधुरै रहेको भन्दै त्यसतर्फ काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेम्वाङले सांसदको रुपमा प्रतिनिधिसभामा शपथ लिएको आज एक वर्ष पुगेको छ । सांसदको शपथ लिएको एक वर्षमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन पाउनुलाई ‘संयोग’ को रुपमा लिँदै नेम्वाङले इलामका जनतालाई स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077