Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने – कुनै पूर्वाग्रह थिएन

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने – कुनै पूर्वाग्रह थिएन

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।

चौधरीको पक्राउका विषयमा बिहीबार सदनलाई जानकारी दिँदै उनले उक्त घटनाप्रति दुख व्यक्त गरे ।

यसअघि ,अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझैँ यसपटक पनि सहि नियतले काम गर्न खोजेको उनको भनाइ छ।

लेखकले भने, ‘यसअघि सम्मानीत अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सहि नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानीत सदनसमक्ष अनुरोध गर्न चाहान्छु।’

लेखकले सर्वोच्च अदालतमा कार्यरत एक कर्मचारीले विवेक बाहिर गएर गरेको अनधिकृत पत्रव्यवहारका कारण घटना भएको बताए।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबिच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका वेला रेशम चौधरी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077