काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । सो छलफलमा विशेषगरी गभर्नर नियुक्तिका बारेमा कुराकानी भएको छ ।
छलफलमा कांग्रेस सभापति शेर बाहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पैडेल सहभागी थिए ।