काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ ।
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त पत्रको बेहोरासमेत जानकारी गराइने छ।