काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन माग गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले हालसम्मको आर्थिक अवस्थाको बारेमा सरकारलाई संसदमा जानकारी गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरे।
उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत प्राधिकरणका आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ। त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे यस सदनलाई जानकारी गराउन सभामुखमार्फत रुलिङ होस्।’