Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

आतंकवादको विरोधमा हुने कारबाही जायज छ : कांग्रेस

आतंकवादको विरोधमा हुने कारबाही जायज छ : कांग्रेस

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आतंकवादको विरुद्धमा हुने कारबाहीलाई जायज रुपमा लिएको जनाएको छ ।

भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गर्दै यस्तो जनाएको हो ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने स्पष्ट पारेका छन् ।

उनले भने, ‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं ।’

दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077