काठमाडौं । आरआर क्याम्पसको स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा विवाद भएको छ ।
केन्द्रलाई बेवास्ता गर्दै आफूखुसी सर्वसम्मत गराउन लागेको आरोपमा सात जनालाई अनुशासन समितिले कारबाही गरेपछि विवाद भएको हो ।
अनुशासन समितिका संयोजक परोपकार अधिकारीले केन्द्रीय सदस्यद्वय दुई केन्द्रीय सदस्यसहित थप छ जनालाई संघको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पत्र पठाएका छन् ।
केन्द्रीय सदस्यद्वय अशोक सिंह विष्ट र विजय शाह (अनुराग) सहित जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय हिमेन्द्र शर्मा, शेखर रोकायलाई संघबाट हटाइएको छ ।
कारबाहीमा परेकाहरूमा विष्ट गृहमन्त्री रमेश लेखक, शाह पार्टी प्रवक्ता डा। प्रकाशशरण महत निकट हुन् ।
कारबाहीका लागि वैशाख १८ मा रत्नराज्य क्याम्पसमा भएको स्ववियु निर्वाचनमा केन्द्रीय प्रतिनिधिलाई बेवास्ता गर्दै सर्वसम्मत बनाउन भूमिका खेलेको कारण देखाइएको छ ।
नेविसंघको आधिकारिक उम्मेदवारलाई हटाएर अन्य व्यक्तिलाई सचिव र सदस्य पद अग्रसर गराएको अनुशासन समिति संयोजक अधिकारीले कारबाही पत्रमा उल्लेख गरेका छन् ।