Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नीति तथा कार्यक्रमको पक्षमा मत दिन एमालेको ह्विप

नीति तथा कार्यक्रमको पक्षमा मत दिन एमालेको ह्विप

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं  ।सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्न पार्टीका सांसदहरूलाई ह्विप लगाएको छ ।

एमालेका मुख्य सचेतक महेशकुमार बर्तोलाले ह्विप जारी गरेका छन् ।
यही वैशाख २८ गते प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

त्यसदिन सभामा अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन एमालेले ह्विप लगाएको हो ।

‘नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ’ पत्रमा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसमाथि संसद्को दुवै सदनमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077