काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७ सालयताका राजनीतिक नेताहरूको सम्पत्ति शुद्धीकरण गर्न माग गरेकी छन् ।
शुक्रबार नीति कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएकी हुन् ।
सम्पत्ति शुद्धीकरण अन्तर्गत छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्नु पर्ने उनको माग थियो ।
उनले भनिन्, ‘राम्रो छानबिन समिति बनाएर २०४७ सालयताका सबै राजनीतिक नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्छ । काखा र पाखा नगरीकन दोषीलाई कारबाही गरियोस् ।’
भ्रष्टाचारका विरुद्ध खोलिएका फाइलहरू बन्द भएको आरोप लगाउँदै उनले देश र जनताको हित भन्दा बिचौलियासँगको सम्बन्ध र उनीहरूको हित हेर्ने काम भएको बताईन् ।