Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

भारत–पाकिस्तान तनाव : सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सुरक्षा प्रमुखसँग छलफल

भारत–पाकिस्तान तनाव : सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सुरक्षा प्रमुखसँग छलफल

शुक्रवार , बैशाख २६, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रदेश स्तरीय प्रमुखसँग छलफल गरेका छन् ।

भारत र पाकिस्तानबीच तनाव बढेपछि शुक्रबार मुख्यमन्त्री शाहले सुरक्षा निकायले अपनाइरहेको सतर्कताबारेमा छलफल गरेका हुन् ।

छलफलमा सीमा सुरक्षामा सतर्कताबारे मुख्य छलफल भएको बताइएको छ । यसबाहेक लागुऔषध नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको छ।

छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, प्रमुख जिल्ला अधिकारीका नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) डम्बरबहादुर बिक, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख डीआइजी प्रदिपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणालगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077