Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्री र कांग्रेसबीचको भागबण्डाले गभर्नरको नियुक्ति हुन सकेन : अमरेशकुमार सिंह

प्रधानमन्त्री र कांग्रेसबीचको भागबण्डाले गभर्नरको नियुक्ति हुन सकेन : अमरेशकुमार सिंह

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका छन् ।

लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको भन्दै उनले अर्थतन्त्रमा त्यसको गम्भीर असर परिरहेको बताए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले सामान्य प्रक्रियाअन्तर्गत गभर्नर नियुक्ति गर्नु पर्ने हो । तर, दुई दलबीच भागबण्डाको झगडाले एउटा गभर्नरको नियुक्ति हुन सकेको छैन । त्यसको आर्थिक असर कति पर्छ सरकारलाई मतलब छ ?’

सरकारमा बसेका प्रमुख दुई दलको ध्यान कसरी आफ्ना कार्यकर्तालाई नियुक्ति दिलाउने र आर्थिक क्षेत्र कब्जा गर्ने भन्नेमा मात्र केन्द्रित रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077