काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने बताएका छन् ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँगको भेटवार्ता उनले यस्तो बताएका हुन् ।
नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरेका थिए ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।
राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरे।