काठमाडौं । राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो।
काठमाडौंको सुकेधाराबाट सुरु भएको र्याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा सहभागीहरूले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनर्स्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर लगाएका नारा लगाएका थिए।
कोणसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।