Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नीति तथा कार्यक्रममा एमाले सांसद चन्द्रबहादुर विश्वकर्मा किन बसे मौन ?

नीति तथा कार्यक्रममा एमाले सांसद चन्द्रबहादुर विश्वकर्मा किन बसे मौन ?

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । नेकपा (एमाले)का सांसद चन्द्रबहादुर विश्वकर्मा सरकारको नीति तथा कार्यक्रमबारे मौन बसेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा सभा बैठकमा उनले नीति तथा कार्यक्रमबारे बोल्न पाएको समयमा मौन रहे ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नीति तथा कार्यक्रममा अरु सांसदले जस्तै आफू पनि प्रतिक्रिया दिन उपस्थित भएको बताए । तर, केही बोलेनन् ।

उनले भने, ‘मैले पनि प्रतिक्रिया दिनका लागि यहाँ उपस्थित भएको छु । त्यसैले म प्रतिक्रिया दिन चाहन्छु ।’
त्यति भनेपछि उनी मौन रहे ।

उनले पाँच मिनेटको समय पाएका थिए । समय सकिएपछि उनले सभामुखलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077