काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।
शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो बताएका हुन् ।
उनले गभर्नर नियुक्तिमा केही ढिलाइ भएपनि यस विषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन् ।
उनले भने, ‘केहिदिन भित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्छ । गभर्नर भन्ने पद कुनै दलको हुदैँन । सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्छ ।’