Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज, नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने

प्रतिनिधिसभा बैठक आज, नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

छलफलको क्रम सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

सभामुख देवराज घिमिरेले सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममालाई सदन समक्ष निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077