काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोलदै उनले आपत्ति जनाएका हुन् ।
प्रतिपक्षी दलका नेताहरुले सरकारलाई बिचौलिया, दलाल र माफियाले बनाएको अभिव्यक्ति दिदैँ आएका छन् ।
त्यसैको आपत्ति जनाउँदै उनले भने, ‘म आग्रह गर्न चाहन्छु – यो सरकार यो संसद्ले बनाएको हो । संविधान बमोजिम यो सरकार संसद्ले बनायो , तर, यसलाई विपक्षी दलको नेता प्रचण्डले अनावश्यक आरोप लगाए । संसद्ले बनाएको सरकारलाई उहाँ (प्रचण्ड)ले हरेक पटक बिचौलिया, दलाल, माफियाले बनाएको भन्नुभयो ।’
यस्तो अभिव्यक्ति असंसदीय र अर्मयादित रहेको बर्तौलाले बताए । यो पूर्वाग्रहग्रसित अभिव्यक्ति भएको उनले बताए ।