काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् ।
आज संसदमा बोलदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘नीति तथा कार्यक्रममा लुटका पैसाहरु, भ्रष्टाचारको कालोधन रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धता आउनुपर्थ्यो, त्यसरी नीति आउनुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ । तर त्यसको उल्टो खुलेआम लानुस्, आरामसँग लानुस् भन्ने टाइपको नीति तथा कार्यक्रम देखिन्छ ।’
राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुले खुलेआम लुट्ने र भ्रष्टाचारको रकम विदेशमा थुपार्ने मूल प्रवृत्ति रहेको भन्दै उनले त्यो पैसा स्वदेश फर्काउनुपर्ने गरी नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।