काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जन्मथलो तनहुँको व्यास नगरपालिका–८ रिस्ती जाने भएका छन् ।
कुलपूजाका लागि राष्ट्रपति पौडेल रिस्ती जान लागेका हुन् ।
सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत दमौली जाने र त्यसपछि गाडीबाट रिस्ती पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ ।
कुलपूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने जनाइएको छ ।