Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

विपक्षी दलका नेता प्रचण्डलाई ओलीले भने - आफनो अनुहार ऐनामा हेर्नु

विपक्षी दलका नेता प्रचण्डलाई ओलीले भने - आफनो अनुहार ऐनामा हेर्नु

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ऐनामा आफ्नो अनुहार हेर्न भनेका छन् ।

नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

उनले भने, ‘विपक्षी दलका माननीयज्यूहरूले अलि टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोल्नु भएको थियो । म त्यता पट्टि जान चाहन्न । ऐना अगाडि राख्ने ऐनामा हेर्ने अनि यस्तो रहिछस् उस्तो रहिछस् भनेर अरूलाई गाली गर्ने । मैले त्यसमा केही भनिरहनु आवश्यक छैन जस्तो लाग्छ । आफैं ऐना हेर्ने आफैं आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह हो ।’

प्रधानमन्त्री ओलीले संसदको बहसलाई सामाजिक सञ्जालको तहको टिप्पणीमा ओराल्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077