Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

महत्त्वपूर्ण विधेयकहरू छिटो पारित गर्न प्रधानमन्त्री ओलीको आग्रह

महत्त्वपूर्ण विधेयकहरू छिटो पारित गर्न प्रधानमन्त्री ओलीको आग्रह

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महत्त्वपूर्ण विधेयकहरू छिटो पारित गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू छिटो पारित गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी विधेयक छिटो पारित गर्न आग्रह गरेका छन्।

यसैगरी, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077